कर्पोरेट

आइएमई पेको 'मन्थ अफ लभ' अफर

इकागज |
माघ २२, २०७९ आइतबार १७:३७ बजे

काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।

अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन् ।
भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यहीँ फेब्रुवरी ३ बाट सुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहनेछ।


यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ ।
नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।
 


Author

थप समाचार
x