कर्पोरेट

निषेधाज्ञामा नेपाल टेलिकमको आकर्षक प्याकेज

इकागज |
बैशाख २१, २०७८ मंगलबार १४:४८ बजे

काठमाडौँ : कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरणका लागि लागू गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सार्वजनिक गरेको छ ।  

वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक – २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र  प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सकिनेछ । यो अफर लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*८*२# डायल गर्न सकिन्छ । 


 ७ दिनका लागि १.५ जीबी प्याक – ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न  मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक ९५ रुपैयाँमा मा उपलब्ध छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*१*४# डायल गर्न सकिन्छ । 

 २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक – २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । ३० रुपैयाँमा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*८*२# डायल गर्न सकिन्छ ।

५०० एमबी पर डे डाटा प्याक –  २९९ रुपैयाँमा मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५*१*९*३# डायल गर्न सकिन्छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।  

कम्पनीले ग्राहकले १४१५ डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्ने सुविधा दिएको छ । ‘नेपाल टेलिकम’ एपबाट तथा वेबसाइट  मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने नेपाल टेलिकमले उल्लेख गरेको छ । 


Author

थप समाचार
x