कर्पोरेट

युएचएस होल्डिंगले नेपालमा ल्यायो हेफेल

इकागज |
फागुन १८, २०७९ बिहीबार १५:४३ बजे

काठमाडौं–इन्टीरियर सम्बन्धी सेवामा अग्रणी कम्पनी युएचएस होल्डिंग  हेफेल  डिजाइन स्टुडियोको शुभारम्भ गरेको छ । गैरीधारा स्थित हाफेल सोरुममा आयोजित एक समारोहबीच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गरे ।
  
हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नयाँ डिजाइन स्टुडियोमा आर्टिटेक्चरल  हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग  लगायत अन्य सम्बन्धित उत्पादनहरु “रियल टाइम“ ढंगमा उपलब्ध छन् ।

उक्त कार्यक्रमा हेफेल एवं युएचएस होल्डिंगका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलता सम्पन्न का उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इन्टीरियर   डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए । त्यसैगरी उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरु प्रति पनि प्रतिवद्ध रहेको जानकारी दिए ।          


“हामी हेफेल जस्तो  इन्टीरियर  सेवाको लागि  अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्राण्डसँग आवद्ध हुन पाउँदा हर्षित एवं गौरवान्वित छौ, युएचएस होल्डिंगका  अध्यक्ष पुरुषोत्तम न्यौपाने भन्छन् । 


Author

थप समाचार
x