कर्पोरेट

डिशहोममा रिचार्ज गर्दा अंगाई र भण्डारीले जिते एक/एक लाख

इकागज |
फागुन १८, २०७९ बिहीबार १७:३९ बजे

काठमाडौं– डिशहोममा रिचार्ज गर्दा भिमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाई र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैयाँ जितेका छन् । एक वर्षको एकैपटक रिचार्ज गर्दा होमले ल्याएको अफर अन्तर्गत उनीहरुले पुरस्कार जितेका हुन् ।

वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिन्छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा भिमसेन थापा गाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनही एक लाख रुपैया जितेका हुन् ।


डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फबाट सेल्स अफिसर  मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरे ।


Author

थप समाचार
x