कर्पोरेट

​ओम्‍निया क्लब आजदेखि सन्चालनमा आउने

इकागज |
फागुन १९, २०७९ शुक्रबार ११:६ बजे

काठमाडौँ - मनोरञ्जन पारखीहरूका लागि काठमाडौँको ठमेलमा ​ओम्निया क्लब आजदेखि सन्चालनमा आउने भएको छ । ठमेलको भिआइपी लाउन्जसँगै रहेको भवनको चौथो तलाबाट क्लबले आजदेदेखि आफ्नो भिन्नै स्वाद लिएर सेवा सुभारम्भ गर्न लागेको हो ।

करिब १३ करोड रुपैयाँ लागतमा क्लब सन्चालनमा आएको क्लबमा प्रोपाइटर सुजित थापाले बताए । उनले पारिवारिक वातावरणमा विभिन्न परिकारहरूको स्वाद लिँदै म्युजिकको मजा लिन सकिने समेत जानकारी दिए ।


देश तथा विदेशबाट काठमाडौ आउनेहरूलाई एकपटक क्लब भ्रमण गर्न अनुरोध गर्दै सन्चालक थापाले नेपालमै पहिलोपटक म्युजिकसँगै लाइटिङ्गको कम्बिनेसन रहेको बताए ।


Author

थप समाचार
x