कर्पोरेट

बिर्तामोड औद्योगिक महोत्सव : एक लाख ५० हजार कप मेजमान चिया बिक्री

इकागज |
फागुन २१, २०७९ आइतवार ८:३७ बजे

काठमाडौँ – झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवमा मेजमान चियाले १ लाख ५० हजार कप चिया बिक्री गरेको जनाएको छ । फागुन ५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको महोत्सवमा सीता चिया तथा घरेलु मसला उद्योगबाट उत्पादित तथा प्याकेजिङ मेजमान चियाले  १ लाख ५० हजार कप चिया बिक्री गरेको उद्योग संस्थापक सीता सापकोटाले जानकारी दिइन्।

महोत्सवको आकर्षण र चियाको ब्रान्डिङलाई मद्दत पुग्ने उद्देश्यका साथ स्टल नै राखेर १ रुपैयाँ कप चिया बिक्री गरेको उनको भनाइ छ। यसै वर्षदेखि नेपाली बजारमा आएको मेजमान चियामा इलाममा उत्पादित अर्थोडक्स (हातेपत्ती) पनि मिश्रण गरिएकाले चिया अरूभन्दा भिन्न रहेको उद्योग सञ्चालक नरेश सापकोटाले जानकारी दिए। ‘इलामको हावापानीमा उत्पादित उच्च गुणस्तरको अर्थोडक्स समिश्रण गरिएको हुँदा मेजमान चियाको स्वाद र विशेषता अन्य चियाभन्दा भिन्न छ,’ उनले भने, ‘चिया पारखीलाई केही फरक स्वादमा चिया चखाउन, महोत्सवमा दर्शक अवलोकनकर्ताको आकर्षण बढाउन र चियाको ब्रान्डिङका लागि हामीले १ रुपैयाँमा नै एक कप चिया बिक्री गरेका हौं। मेला अवधिमा करिब डेढ लाख कप चिया बिक्री भयो।’


१ रुपैयाँमा चिया उपलब्ध गराएपछि महोत्सवमा चिया उपभोक्ताहरूले चिया पिउनुका साथै स्टलबाटै खरिद गरी लगेको उनले जानकारी दिए। करिब साढे ७ लाख रुपैयाँ खर्चेर आएका अगन्तुकलाई मेजमान चिया प्रदान गरिएको उनले बताए।

स्थानीय महिला तथा स्वदेशमै उद्यमशील युवाहरू संलग्न उद्योगबाट उत्पादित चिया नेपालका सबै प्रदेशका मुख्य बजारमा उपलब्ध रहेको उद्योगका बजार प्रबन्धक चक्र कार्कीको भनाइ छ।

‘नेपालका सबै प्रदेशका मुख्य बजारमा मेजमान चिया उपलब्ध छ। चियाका सबै प्रकारहरूलाई थप बजारमा पुर्‍याउने लक्ष्यका साथ हामीले काम गरिरहेका छौं,’ कार्कीले भने।

महोत्सव अवधिभर १ रुपैयाँमा चिया उपलब्ध गराएपछि बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारी र महोत्सव मूल आयोजक समितिले समेत मेजमान चियाको प्रशंसा गरेका छन्।


Author

थप समाचार
x