कर्पोरेट

स्मार्ट च्वाईस र माछापुच्छ्रे बैंकबीच क्यूआरमार्फत भुक्तानीको सम्झौता

इकागज |
फागुन २१, २०७९ आइतबार १५:५८ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र ‘क’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सर्जु कुमार थापाले हस्ताक्षर गरेका थिए ।


२० वर्षदेखि कार्डलगायत भुक्तानी विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटवीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।


Author

थप समाचार
x