कर्पोरेट

टिसिएलले नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प चलाउँदै

इकागज |
फागुन २१, २०७९ आइतवार १६:२३ बजे

काठमाडाैं । ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण ए.सी.का ग्राहकवर्गहरुलाई लक्षित गरी नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा नि:शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.को  उचित मूल्याङकनका साथ टिसिएलको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछ ।


यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल ए.सी. खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टिसिएल ए.सी.हरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।

नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी  र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।


Author

थप समाचार
x