कर्पोरेट

केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस नेपाली बजारमा

इकागज |
फागुन २८, २०७९ आइतवार १८:३७ बजे

काठमाडौं- ईओएल प्रा. लि.ले नेपालमा केन्ट उत्पादनहरूको नयाँ मोडल नेपाल भित्र्याएको छ । सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आर.ओ. मोडेल नेपाली बजारमा ल्याएको हो । 

यस्त छन् विशेषता ः
केन्ट पर्ल स्टार 
पारदर्शी छुट्याउन मिल्ने ट्याङ्की, वाल माउन्टेबल आर.ओ. प्युरिफायर शुद्धता र प्रदर्शनको डिजिटल डिस्प्लेको साथ हो ।


केन्ट पर्ल स्टार एक उत्कृस्ट आर. ओ. वाटर प्युरिफायर हो जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँदछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आर. ओ. प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । यसले आर.ओ.+यु.भी.+यु.एफ.+टि.डि.एस. नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाहरूद्वारा पानीलाई १००% शुद्ध बनाउन प्रयोग गर्दछ । यस प्रक्रियाले आर्सेनिक, रस्ट, कीटनाशक, र फ्लोराइड जस्ता विघटित अशुद्धताहरू हटाउँछ र पानी पिउन योग्य बनाउन ब्याक्टेरिया र भाइरसहरूलाई पनि नस्ट गर्दछ । यस शुद्धीकरणले तपाईंको परिवारलाई पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । पानीलाई शुद्ध गरेर यसको अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ । साथै, यसमा झन्झट मुक्त सफाई र स्वच्छ उपभोगको लागि पारदर्शी भण्डारण ट्याङ्की छ जुन झिकेर सफा गर्न सकिन्छ । यो प्युरिफायर खारा, धारा र नगरपालिकाको पानीलाई  शुद्ध गर्नको लागि उपयुक्त छ । 

केन्ट पर्ल स्टारको बजारको मूल्य रू. ४९,९९० रहेको छ ।


केन्ट क्रिस्टल स्टार 
अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनको साथ आकर्षक डिजाइन गरिएको आर. ओ. वाटर प्युरिफायर हो ।

क्रिस्टल सिरिजको स्टार, केन्ट क्रिस्टल स्टार एक प्राविधिक रूपमा उन्नत आरओ वाटर प्युरिफायर हो जसमा शुद्धताको डिजिटल डिस्प्ले सुविधा छ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ। यसले आर. ओ. + यु. भी. को बहुविध शुद्धिकरण प्रक्रिया प्रयोग गर्दछ। यु. एफ.+ टि. डि. एस. कन्ट्रोलले पानीलाई १००% शुद्ध बनाउनका लागि आवश्यक प्राकृतिक खनिजहरू कायम राख्दछ। साथै, यसको भण्डारण ट्याङ्कीमा रहेको यु.भी. एल.ई.डी.ले शुद्ध पानी ब्याक्टेरिया मुक्त र शुद्ध राख्दछ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।

केन्ट क्रिस्टल स्टारको बजारको मूल्य रू. ४८,९९० रहेको छ ।

केन्ट क्रिस्टल प्लस
आर.ओ. + यु.भी. + यु.एफ.+ टि.डि.एस. कन्ट्रोल + ट्याङ्कीमा यु.भी. लाइटले पानीलाई १००% पुर्याउनको लागि स्टाइलिश डिजाइन गरिएको वाटर प्युरिफायर हो ।


केन्ट क्रिस्टल प्लस आर. ओ. + यु. भी. + यु. एफ.+ टि. डि. एस. कन्ट्रोल + ट्याङ्कीमा भएको यु.भी. लाइटद्वारा शुद्धिकरण प्रक्रिया भएको नेक्स्ट जेन आर. ओ. वाटर प्युरिफायर हो। यो अत्याधुनिक प्युरिफायरले तपाईं हरेक पटक १००% शुद्ध पानी प्राप्त गर्दै हुनुहुन्छ भन्ने सुनिश्चित गर्दछ । मिनरल आर.ओ.टीएम टेक्नोलोजीले सुसज्जित, यो प्युरिफायरले इनबिल्ट टि. डि. एस. कन्ट्रोलर प्रयोग गरी शुद्ध पानीमा आवश्यक प्राकृतिक खनिजहरू यथावत राख्दछ। 

केन्ट क्रिस्टल प्लसको बजारको मूल्य रू. ३५,९९० रहेको छ ।

केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्ल्यूक्यूए को अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ । केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।
 


Author

थप समाचार
x