कर्पोरेट

एसएमएल इसुजुका गाडीहरुको फ्रि सर्भिस क्याम्प, के के छन् सुविधा ?

इकागज |
फागुन २९, २०७९ सोमबार १७:२५ बजे

काठमाडौं– लक्ष्मी कमर्शियल भेहिकलस प्रा.लि.ले आफ्ना ग्राहकहका लागि निशुल्क सर्भिस क्याम्पको आयोजना गर्दैछ । ग्राहकहरुलाई थप सुविधा दिनको लागि एसएमएल इसुजुका गाडीहरुको लागि एक हप्ताको निःशुल्क सर्भिस क्याम्पको आयोजना गरिएको हो ।

काठमाण्डौको गुर्जुधारामा रहेको जिएफआई सर्भिस सेन्टरमा सञ्चालन गर्दैछ । यो सर्भिस क्याम्प यहि फाल्गुन २९ गते देखि चैत्र ४ गते सम्म जम्मा ६ दिन सम्म सञ्चालन हुने जनाइएको छ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले अनेकौ सेवा तथा सुविधा पाउने छन् । 


अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १००% फ्रि चेकजाँच गरिनेछ । क्याम्पमासामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १००% छुट दिईने लक्ष्मी कमर्शियलले जनाएको छ । बिशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५०% सम्मको छुट र लुब्रिकेन्टहरुमा १५% को छुट क्यापम्मा उपलब्ध गराईने छ । त्यस्तै स्पेयर पार्टसहरुमा ५०% सम्मको छुट सुविधा रहेको छ । फ्रि सर्भिस क्याम्पमा आउने ग्राहकहरु तथा चालकहरुको लागि विशेष गिफ्टहरु प्रदान गरिने जनाइएको छ । 

सर्भिस क्याम्प कै अवधिमा कम्पनीले चालकहरुको लागि विशेष किसिमको तालिमको पनि ब्यवस्था गरेको छ । गाडीहरुमा भएको परिवर्तन र सञ्चालन विधि सम्बन्धी तालिम सञ्चालन गरिने छ । 

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरु लिएर आएर विभिन्न छुट तथा तालिम प्राप्त इन्जिनियरहरुबाट जाँच गराई सुविधा लिन आफ्ना ग्राहकहरुलाई लक्ष्मी कमर्शियल भेहिकलले अनुरोध गरको छ ।  
 


Author

थप समाचार
x