कर्पोरेट

बस्‍नेतलाई 'श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९'

इकागज |
फागुन ३०, २०७९ मगलवार ११:२४ बजे

काठमाडौँ- जगदम्बा स्टील्स लिमिटेडले सम्बत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औँ वार्षिक उत्सवको  अवसरमा सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई पदक, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँ प्रदान गरेको हो ।

कार्यक्रमा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्रो. शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका Operation and Marketing Director रवी प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।  


यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन् १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन् । 

जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थी लाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ ।


Author

थप समाचार
x