कर्पोरेट

टेलिकमले ल्यायो अनलिमिटेड भ्वाइस प्याकेज

इकागज |
चैत ३, २०७९ शुक्रबार १८:२० बजे

काठमाडौं– विगतदेखि नै ग्राहकवर्गको चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको नेपाल टेलिकमले नयाँ प्याकेज ल्याएको छ । आजदेखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको हो ।  

नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ । 


त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ । 
 


Author

थप समाचार
x