कर्पोरेट

सिटी एक्सप्रेसको अस्तित्व नेपाललाई एक लाख सहयोग

इकागज |
चैत १४, २०७९ मगलवार १२:७ बजे

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउण्डेशनलाई १ रुपैयाँ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपाल एक गैरनाफामुखी संस्था जसले सन् २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसाविरुद्ध काम गर्दै आइरहेको छ ।

साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्‌भावना दूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रहरूमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ  । 


सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरूमार्फत सेवा दिँदै आएको छ । छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू सिटी दिँदै आएको छ ।
 


Author

थप समाचार
x