कर्पोरेट

शाओमीले दियो बालआश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री

इकागज |
चैत १६, २०७९ बिहीबार १८:३१ बजे

काठमाडौं–स्मार्टफोन कम्पनी शाओमीले दुई बाल आश्रमलाई शैक्षिक तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। शाओमीले गोदावरीमा रहेका मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा शाओमीले गोदावरीस्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई दुई सयभन्दा बढी स्कूल ब्याग, स्टेशनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए ।


कार्यक्रमको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर पाण्डेले भने “हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरा मा हामी विश्वास गर्दछौँ ।”


Author

थप समाचार
x