कर्पोरेट

आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने

इकागज |
चैत १७, २०७९ शुक्रबार १३:८ बजे

काठमाडौँ- पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवा शुभारम्भ गरेको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV, DTH र Terrestrial (T2)  भन्दा फरक प्रविधी Internet Protocol based भएको कारण यो IP टिभीमा लोकप्रिय Cricket Tournament IPL HD क्वालिटीमा हेर्न सकिने बताइएको छ । यस्तै अर्न्तराष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने जनाएको छ ।

लाइभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरू र रमाइलो टिभीमा Exclusive सिरियल भाग्य सिदुरको र आनन्दी संगै अन्य सेवा प्रदायकको मा उपलव्ध नभएको Shorts TV,  गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलहरूलगायत २०० भन्दा वढि टिभी च्यानलहरू, ५ हजार घण्टाभन्दा बढी विभिन्न Content हरू, Video on Demand, Catch- up TV/Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलव्ध रहेको छ । 


Internet Protocol (IP) Network मार्फत Television सिग्नल प्राप्त हुने भएकाले यो सेवा लिनको लागि Internet connection हुन जरुरी रहेको डिश मिडिया नेटवर्कले जनाएको छ । ग्राहकहरूले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर DH Fibernet जडान गर्नु भई नेपालको पहिलो प्रिमियम आईपी टिभी DH ITV मा Exclusive, Premium, HD TV Channel हरूको मज्जा लिन सक्नेछन् ।


Author

थप समाचार
x