कर्पोरेट

एनसेलले ल्यायो राहत प्याक सुविधा, प्रत्येक रिचार्जमा बोनस डेटा

इकागज |
बैशाख २६, २०७८ आइतबार १२:२७ बजे

काठमाडौं : कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितीमा आफ्ना ग्राहकहरूको सञ्चार सेवाको आवश्यकता परिपुर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ ।

प्रत्येक रिचार्जमा बोनस डेटा 
यस अफर अन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० रुपैयाँदेखि  ९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि १०० रुपैयाँदेखि १९९ रुपैयाँ, २०० रुपैयाँदेखि २९९ रुपैयाँ, ३०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । त्यसैगरी ५०० रुपैयाँदेखि ९९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० रुपैयाँ वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । 
 
३० दिने डेटा प्याकमा डबल डेटा 
मंगलबार (वैशाख २१) बाट संचालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले कर सहित २४९ रुपैयाँमा ३ दशमलब ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी कर सहित ३९९ रुपैयाँमा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, ४९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् । 

वर्क फ्रम होम अफर 
दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन र उक्त डेटा भोल्युम मार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजे देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्दछन् । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र १२७ रुपैयाँमा १४ जीबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन् । प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्क लाग्नेछ । 

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनस १ दिनको प्याक (१८ रुपैयाँ), ७ दिनको प्याक (९८ रुपैयाँ), १४ दिनको प्याक (१३९ रुपैयाँ) खरिदमा १५० एमबी देखि २ जीबी सम्म बोनस डेटाको सुविधा रहेको छ । त्यस्तै ट्रीपल मजा प्याक अन्तर्गत ७ दिनको प्याक (१०९ रुपैयाँ), १० दिनको प्याक (१४७ रुपैयाँ) र ३० दिनको प्याक (४५९ रुपैयाँ) को खरिदमा ० दशमलब ५ जीबी देखि ० दशमलब ७५ जीबी सम्म बोनसको फाइदा लिन सकिन्छ । 



Author

थप समाचार
x