कर्पोरेट

उत्कृष्ट अडियो अनुभवका लागि हाइफ्यूचरको फ्लाईबड्स–३ बजारमा

इकागज |
जेठ १८, २०८० बिहीबार १८:४५ बजे

काठमाडौँ– अडियो टेक्नोलोजीमा हाइफ्यूचरले फ्लाइबड्स श्रृंखला अन्तर्गत ‘हाइफ्यूचर फ्लाईबड्स–३’ को चौथो पुस्ताको अनावरण गरेको छ । अत्याधुनिक सुविधाहरूले भरिपूर्ण वास्तविक वायरलेस इयरबडहरू असाधारण अडियो अनुभव प्रदान गर्न डिजाइन गरिएको बताइएको छ । 

वातावरणीय आवाज रद्द गर्ने (ईएनसी) प्रविधिका साथ सुसज्जित, इयरबडहरूले प्रभावकारी रूपमा पृष्ठभूमिको आवाज कम गर्छ भने क्रिस्टल–क्लियर ध्वनि गुणस्तर सुनिश्चित गर्ने बताइएको छ ।


हाइफ्यूचर फ्लाईबड्स–३ मा फोर–माइक कलिङ प्रणालीले असाधारण कल गुणस्तर र स्पष्टता सुनिश्चत गर्ने कम्पनीले विश्वास लिएको छ । उन्नत आवाज घटाउने अल्गोरिदमहरूको साथ इयरबडहरूले  आवाजलाई परिवेशको आवाजबाट अलग गर्ने जुनसुकै वातावरणमा निर्वाध सञ्चारको काम गर्ने बताइएको छ । 

टेक स्टुडियो प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले भने, ‘ग्राहकहरूका लागि हाइफ्यूचर फ्लाईबड्स–३ लाई परिचय गराउन पाउँदा हामी हर्षित छौँ । यी वायरलेस इयरबडहरूले उन्नत टेक्नोलोजी, उत्कृष्ट अडियो गुणस्तर, र असाधारण सुविधाको संयोजन गर्छ ।’


Author

थप समाचार
x