कर्पोरेट

बडवाइजर बियर उत्पादक ‘राज ब्रुअरी’को ‘सोलार रुफटप परियोजना’ राष्ट्रिय ग्रिडमा जडान

इकागज |
जेठ २१, २०८० आइतबार १९:३८ बजे

काठमाडौँ– बडवाइजर बियर उत्पादक ‘राज ब्रुअरी’को ‘सोलार रुफटप परियोजना’ राष्ट्रिय ग्रिडमा जडान भएकाे छ । नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक ‘राज ब्रुअरी’ र ‘सिम्पल इनर्जी’ले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रुफटप प्रोजेक्टको संयुक्त उद्‍घाटन गरेका छन् ।

उक्त परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको  अहिलेसम्मकै सबैभन्दा ठूलो रुफटप सोलार परियोजना भएको बताइएको छ । त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो । ‘राज ब्रुअरी’ले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नोकारखाना सञ्चालन गर्नेछ भने अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ ।  


‘प्राइभेट इनफ्रास्ट्रक्चर डिभेलप्मेन्ट ग्रुप’, कम्पनी इन्फ्राको एशिया र सरल उर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको  डिजाइन, स्थापना र सञ्चालन गरेको हो । उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्दछ ।  
 
नेपालको  स्थापित विद्युत उत्पादन क्षमता लगभग २,७०० मेगावाट रहेको छ, जसमा  ९६ ५ जलविद्युत हो । देशको ऊर्जा  विविधीकरणमा योगदान दिनुका साथै, राज ब्रुअरीको सोलार रुफटप स्थापनाले बिजुली कटौतीको समयमा डिजेल खपत कम गर्न र सुख्खा मौसममा विद्युत कटौतीको प्रभावलाई कम गर्न मद्दत गर्नेछ । यसले ग्रीन हाउस ग्यास उत्सर्जन घटाउँदै दिगो विकास लक्ष्य १३ले जलवायुकार्यलाई पनि  समर्थन गर्छ ।
  
समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राज बहादुर शाहले ब्रुअरीको उर्जा  आवश्यकताहरू पूरा गर्न सोलार रुफटप स्थापना गरीकार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको  कुरा जानकारी गराए ।   

त्यसैगरी, सिम्पल इनर्जीका प्रमुखकार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताएका छन् । त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरूमा महिलाहरूलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने बताए ।    

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज समूहकार्यकारी निर्देशक शशिन जोशीले  ब्रुअरीका लागि सोलार उर्जा  स्थापना गर्न पाउँदा खुसी भएको र  यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका  अरू कम्पनीहरूमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताए । यस्ता अभ्यासहरू जारी राख्दै जावलाखेल ग्रुप वातावरण संरक्षणमा सधैं अग्रसर रहने प्रतिवद्धता जनाए । 


Author

थप समाचार
x