कर्पोरेट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ‘एम्.डी.आर.टी’ कार्यक्रम सम्पन्न

इकागज |
फागुन १०, २०८० बिहीबार १८:५१ बजे

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, ल्यान्डमार्क होटलमा दुई दिनको 'एम्.डी.आर.टी., २०२४' कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरुकता तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरूले उपस्थिति जनाएका थिए ।

यस कार्यक्रमका मुख्य वक्ता डा. योगी विकाशानन्द थिए । उनी मनोक्रान्ति संस्थाका संस्थापक र गुरु समेत हुन् । उनले 'संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गर्नुपर्छ' भन्ने प्रसंग जोड्दै आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने बताए । यस सँगै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेस्डर महजोडीद्वारा सिटिजन लिडरहरूलाई प्रेरणाका रूपमा मान्छेलाई संगतले निकै असर गर्छ र सिटिजन परिवारभित्र एकदमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आबद्ध भएका कर्मचारीहरूले एकअर्कालाई समाजको उन्नति र आफ्नो कार्यप्रति सकारात्मक सोच राख्नका लागि प्रोत्साहन गर्दै आएको देखेको बताए ।


यसलगत्तै उक्त कार्यक्रममा एम्.डी.आर.टी. मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरू (१९ जना एम्.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टि. क्वालिफायरलाई खादा, प्रमाणपत्र र पुरस्कारसहित सम्मानित गरियो ।

उक्त कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको आधारमा सिटिजन लाइफअघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरूको मुख्य भूमिका रहेको बताउँदै सो सभामा उपस्थित सिटिजन लिडरहरूलाई धन्यवाद ज्ञापन गरे । उनले कम्पनीको सबैभन्दा ठूलो शक्ति, कर्मचारीहरूको नैतिकता रहेकाले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

 
 


Author

थप समाचार
x