कर्पोरेट

काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनरमा फुडमान्डु

इकागज |
फागुन २५, २०८० शुक्रबार २१:० बजे

काठमाडौँ- नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फुड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फुडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरूका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो । यस म्युजिक फेस्टिभलमा फुडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ ।

यही चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले  संयुक्त रूपमा आयोजना गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुने छ भने गेट १ बजे नै खुल्ला रहने छ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।


यसबारेमा बोल्दै फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, 'काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनर हुन पाउँदा हामी निकै उत्साहित  छौँ । हामीलाई  आशा छ कि यस सांगीतिक माहोलमा दर्शक श्रोताहरूलाई  उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई अझै धेरै मनोरञ्जन बनाउन सक्छौ। हामी विश्वस्त छौँ कि उत्कृष्ट संगीत र स्वादिष्ट खानाको समीश्रणले सहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुनेछ ।'

आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीतहरू गाएका छन् । आफ्नो  सुमधुर आवाजले ठूलो संख्यामा दर्शक श्रोताको मन जित्न सफल आतिफले थुप्रै अवार्डहरू पनि जितेका छन् । काठमाडौँ म्युजिक फेस्टिभलको  दोस्रो दिनमा भने अनुभव जैन र एज ब्यान्ड जस्ता अन्य चर्चित कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएका  छन्  ।

यसबारेमा बोल्दै फुडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भनिन्, 'काठमाडौँ म्युजिक फेस्टिभलमा फुडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीहरूलाई विशेष मनोरञ्जन प्रदान गर्नेछ । फुडमान्डुले खानाको पारखीहरूलाई वर्षौदेखि विशेष प्राथमिकता दिँदै आएको छ र यस पटक पनि हामीले त्यही परम्परालाई निरन्तरता दिएका छौँ ।'

फुडमान्डुले विगत एक दशक भन्दा अगाडिदेखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरूको घर आगनमा खाना डेलिभरी गर्दै आइरहेको छ भने यो सहकार्यले पनि फुडमान्डुको ग्राहकवर्गलाई फरक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताको प्रमाण हो । 


Author

थप समाचार
x