एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग
काठमाडौँ- एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ । बुधबार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई रु.२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनी ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने रु.२५ हजार मानव सेवा आश्रममा सहयोग गरेको हो । एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ ।
मानव सेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ । यस पुण्य कार्यको यात्रामा सहकार्य गर्न आर्थिक सहयोग गरेको एक्सप्रेस सेवाले बताएको छ । आगामी दिनमा समेत यस्तो सहयाेग जारी रहने कम्पनीकाे भनाइ रहेकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया