कर्पोरेट

होन्डाको सात लाख ५० हजार रुपैयाँ पर्ने नयाँ बाइक सार्वजनिक

इकागज |
असार ६, २०७८ आइतवार १६:४८ बजे

काठमाडौँ : नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतिक्षित होन्डाको सिबि ३५० डिएलएक्स सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युब प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरिएको थियो । 

नेपालमा होन्डाको सिबि मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीले बताएको छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरूमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच्  डिजिटल मिटर, लामो र आरामदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरू हुन् । नेपाली बजारमा यस सिबि ३५० डिएलएक्सको मूल्य सात लाख ५० हजार तोकिएको छ । 



Author

थप समाचार
x