कर्पोरेट

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

इकागज |
असोज ११, २०८१ शुक्रबार १४:५ बजे

काठमाडौँ- ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ ।

उनीहरूलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गर्नुभएको हो । 


योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफुले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ ।

उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेका थिए ।

उनीहरूको मेहनत र धैर्यले उनिहरूलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको छ जहाँ उनीहरूले प्रशिक्षाणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्ने छन् । विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखानीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो ।

योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौँ म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ । यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने मात्र नभई अरुहरूलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ ।

“हाम्रा लगनशील ड्राइभरहरूको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ । योरपेस पहलहरू मार्फत हामी मानिसहरूलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौँ । यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँमा आएर, एक अर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौँ भनेर उदाहरण देखाएको छ । यो यात्रालाई अझै निरन्तरता दिन हामी उत्साहित छौँ” इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन् ।

योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक जना चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका थिए जसले कार्यक्रमको रौनकलाई अझै बढाएको थियो ।

यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरूको परिवारको निम्ती सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । सदैव मित्रता व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने इन्ड्राइभको प्रतिबद्धता रहेको छ ।


 


Author

थप समाचार
x