कर्पोरेट

अल न्यू काइगरको मूल्य तोकियो

इकागज |
साउन ३, २०७८ आइतवार १२:१४ बजे

काठमाडौँ – डिष्रप्टिभ इनोभेसनको रेनो नेपालले द अल-न्यू काइगरको मूल्य निर्धारण गरेको छ । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ (सम्पूर्ण नेपालको एक्स शोरुम)मा घोषणा गरेको छ । 

यस मूल्य निर्धारणको साथ, रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको कम्पनीले जानकारी दिएको छ ।
रेनो काइगरको लागि बुकिङ असार १ देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु हुँदैछ ।
रेनो इन्डिया अपरेशनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशकश्री भेन्कट्राम ममिलापल्लेका अनुसार ‘रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट हो ।’

रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ । ग्राहकहरुले चारवटा उपलब्ध रहेको ट्रिमहरु–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड बाट छनोट गर्न सक्ने रेनो नेपालले जनाएको छ ।                        

रेनोका अनुसार यी ६ रंगमा उपलब्ध छन् । क्यासपियन ब्लु, रेडियन्ट रेड, मुनलाइट सल्भिर, प्लानेट ग्रे, आइस कुल वाइट, माहोगनी ब्राउन साथै डीटी सहितको विकल्पहरु छन् । 

साथै, रेनोका डिजाइनरहरुले काइगरलाई धेरै सुविधाहरु सहित सुसज्जित गरेका छन् जसले गाडीलाई स्पोर्टी लुक दिन मद्दत गरेको छ । फ्रन्ट ग्रीलको थ्री ढी ग्राफिक फिनिसले हनीकम्ब–आकारको व्रmोम्ड इफेक्टको साथ एक पर्फेक्ट उदाहरण हो । एलुमिनियम फिनिस स्किड प्लेटले रियर बम्परलाई अझै राम्रो बनाउने रेनोले जनाएको छ ।



Author

थप समाचार
x