कर्पोरेट

ग्रेट वाल मोटर्सका तीन नयाँ गाडी नेपाली बजारमा

इकागज |
साउन ६, २०७८ बुधबार १२:४० बजे

काठमाडौँ : ग्रेट वाल मोटर्स तीन नयाँ मोडेलका गाडी नेपाली बजारमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारकालागि ग्रेट वालमोटर्सका गाडीहरु पर्यायवाची नै बनिसकेका छन् । 

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी.जी.इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सकालागि आधिकारिक विक्रेता हो । विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भी.जी.इम्पेक्सले जीडब्लूएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभि र एकपिक–अपमोडेल बजारमा ल्याएको छ । यी तीनै गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ । 


थर्ड जेनेरसनको ह्याभल एचसिक्स
यो गाडी एसयूभि वर्गमा सुविधा र लक्जरीको बेजोड नमूना हुनुका साथै शक्ति र विलासिताको अनुपम संगम पनि हो । २.० लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १५० केडब्लू शक्ति र ३२० एनएम टोर्क डिस्पेससमेन्टले अर्कैखाले अनुभुति प्रदान गर्दछ । यसको हाइयर ग्राउन्ड क्लीयरेन्सले नेपालकोे खाल्डो खुल्डीभएको सडकमा पनि आरामदायी सवारीको अनुभव गराउनका साथै रफ सडकबाट गाडीलाई सुरक्षित राख्दछ । ७२ प्रतिशथ उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता र मजबुतीप्रदानगर्दछ । यसको बाहिरी र भित्री सुन्दरता पनि उत्तीकै राम्रो छ । पानोरामिक सनरुफ, अटोमेटिक वाईपर, मल्टि फंक्सनल स्टेरिङ, आठ तरिकाले मिलाउनमिल्ने ड्राईभर सीट, तार रहितचार्जिङ्गले गाडीलाई नयाँ स्वरुप दिन्छ । यसको प्रारम्भिक मूल्य  ९६ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ थियो । 

ह्याभल जोलियन
१.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले ११० केडब्लू शक्ति र २२० एनएम टोर्क डिस्प्लेसमेन्ट डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । बढी ग्राउण्ड क्लीयरन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई अर्कै स्तरमा पु¥याउने कम्पनिको दावी रहेको छ । चार किसिमको ड्राईभ मोड, इलेक्ट्रिक पार्किङ ब्रेकिङ र ७३ प्रतिशत उच्च गुणस्तरको स्टीलले बनेको यो गाडीको बनावटले, यस गाडीलाई अर्कै खाले स्थीरता, मजबुती र सुरक्षा प्रदान गर्दछ । यो गाडी पाँच वटा रंगहरु ब्लु, ब्लैक, गे्र, हेमिल्टन व्हाईट र मार्स रेडमा उपलब्धहुनुका साथै प्रारम्भिकमूल्य ५५ लाख ४९ हजार नौ सय ९९ रुपैयाँमा बजारमा उपलब्ध छ ।

पिक–अप पिओइआर
यो मोडेल दुईवटा संस्करण एलीट र पाईलटमा बजारमा उपलब्ध हुनेछ । २.० लिटरको डिजल इन्जिनले अधिकतम आउटपुट दिन्छ । १२० केडब्लू शक्ति र ४०० एनएम टोर्क डिस्प्लेसमेन्टले अर्कै खाले अनुभुतिप्रदानगर्दछ । बढी ग्राउण्ड क्लीयरेन्सले नेपाली सडकमा गाडी गुडाउने अनुभवलाई विशेष आरामदायीअनुभुतिप्रदानगर्ने कम्पनिको दावी रहेको छ । ८४ प्रतिशत उच्च गुणस्तरको स्टीलको बडीले गाडीलाई अधिक भारवहन क्षमता, स्थीरता र मजबुती प्रदान गर्दछ । यस गाडीको प्रारम्भिक मूल्य ६४ लाख ९९ हजार नौ सय ९९ रुपैयाँमा बजारमा उपलब्ध छ ।


Author

थप समाचार
x