कर्पोरेट

ग्लोबल आइएमईका कर्मचारीलाई वर्षमा सात दिन भ्रमण बिदा

इकागज |
साउन ८, २०७८ शुक्रबार १६:५३ बजे

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कर्मचारीलाई सात दिन भ्रमण बिदा दिने भएको छ । बैंकमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने बैंकले गरेको हो ।

कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरूको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्‍जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठभन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । बैंकले २३ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।



Author

थप समाचार
x