कर्पोरेट

टिभिएसको नयाँ स्कुटर आइतबार सार्वजनिक हुने

इकागज |
साउन ८, २०७८ शुक्रवार १६:५१ बजे

काठमाडौँ : टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएसको नयाँ स्कुटर एनटर्क रेस एडिसनलाई नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् आइतबार सार्वजनिक गर्ने भएको हो । 

यसको मूल्य भने कम्पनीले गोप्य नै राखेको छ । . फेब्रुअरी २०१८ नेपालमा लञ्च गरिएको टिभिएस एनटर्क १२५ को स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिङ आदि जस्ता सबैभन्दा पहिले दाबी गरेको छ ।

सन् २०१८ मा, टिभीएस एनटर्क १२५लाई नेपालमा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कुटरको रूपमा सुरू गरिएको थियो । यो नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कुटरको रूपमा स्थापित गर्न सक्षम भएको कम्पनीको दाबी छ । केहि वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची बनेको कम्पनीले बताएको छ । एक वर्ष पछि, सन् २०१९ मा यो नेपालको सबै भन्दा छिटो वृद्धि गर्ने स्कुटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्रि हुने प्रीमियम स्कुटरको रुपमा स्थापित भएको उल्लेख छ ।



Author

थप समाचार
x