कर्पोरेट

जनकपुरधाममा प्रदेश २कै ठुलो 'शो रुम'

इकागज |
कात्तिक १, २०७७ शनिबार २०:० बजे

जनकपुरधाम : प्रदेश २ कै सबैभन्दा ठूलो अत्याधुनिक महिन्द्रा कम्पनीको शो रुम जनकपुरधाममा संचालनमा आएको छ। शनिबारदेखि जनकपुरधाम १४ मुजेलियामा रिचा मोटर्स प्रा.लि. नामले संचालनमा आएको सो शो रुमले सेल्स, सर्भिस र स्पेयर पार्टसको विक्री वितरण अधिकृत विक्रेताको रुपमा गर्नेछ ।

शो रुमको विशेषता बारे जानकारी दिदैं संचालक राजेश अग्रवालले महिन्द्रा कम्पनीको हेभी गाडी बाहेक स्कारपियो, बोलेरो, टयाक्ट्रर, पिकअप र भ्यान लगायतका गाडीको विक्री वितरणका साथै दक्ष मेकेनिकद्वारा सर्भिंसको व्यवस्था रहेको बताए । 


‘सम्बन्धित गाडीको स्पेयर पार्टसका लागि बाहिर जानु पर्दैन, हामी यही शो रुममै उचित मूल्यमा उपलब्ध गराउनेछौं,’ उनले भने, ‘यहाँ गाडीको सर्भिंस अत्याधुनिक मेसिन र अनुभवी तथा दक्ष मेकानिकबाट छिटोभन्दा छिटो सेवा दिनेछौं ।’


Author

थप समाचार
x