कर्पोरेट

रिलायन्स लाइफले दियो दुई करोड ५० लाखको मृत्युदावी भुक्तानी

इकागज |
साउन १४, २०७८ बिहीबार ११:५३ बजे

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्सले दुई करोड ५० लाखको मृत्युदावी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्युपछि कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति  सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका सञ्‍चालक समितिका अध्यक्ष  ताराचन्द केडिया, सञ्‍चालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो । कम्पनीले हालसम्म आठ करोड २३ लाख बराबरको दावी रकम भुक्तानी गरिसकेको जनाएको छ ।



Author

थप समाचार
x