कर्पोरेट

४९ लाख ९० हजार पर्ने एसयुभी स्कोडा कुशाकको बिक्री सुरु

इकागज |
साउन १९, २०७८ मंगलबार १२:२३ बजे

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगतमा दमदार उपस्थिति जनाइसकेको छ ।  

‘स्कोडा कुशाक हाम्रा लागि निकै महत्वपूर्ण छ । कुशाकमार्फत हामी यो गतिशितल अटोमोबाइल बजारको सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेका छौं । यो एसयुभीको निर्माण ग्राहकले सबैभन्दा बढी के खोजिरहेका छन् भन्ने कुरालाई ध्यानमा राखेर गरिएको हो । त्यसैले हामी भन्न सक्छौं कि यो नेपाल बजारलाई मिल्ने एसयुभी हो,’ स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘कुशाक स्टाइलिस मात्र होइन रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ । यसमा विश्वमै परिचित टीएसआई प्रविधि राखिएको छ जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मीश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’

रोबस्ट र मस्कुलर देखिने कुशाकको इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मीश्रण हो । ड्राइभिङलाई सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन् । यसमा कैयौं एक्टिभ र पेसिभ सेफ्टी फिचर छन् जसमध्ये ईएससी सबै भेरियन्टमा स्ट्यान्डार्ड हो । 

एमएडब्लुले कुशाकको ‘वनरसिप’ सहज बनाउन ग्राहक–केन्द्रित न्युनतम ब्याजदर आयोजनाको सार्वजनिक गरेको छ । ग्राहकले अब ५.९९ प्रतिशत ब्याजदरमा पाँच वर्षको भाकामा स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम छ । स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ । यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टिफंक्सन स्टेरिङ छ । 

यसको बुट क्षमता ३८५ लिटर हो जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ । एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ । त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्रि प्रयोग गरिएको छ । त्यसैगरी, स्टाइल भेरियन्टमा ग्रे डिजाइनले पर्फोरेट गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ । 

नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ जसले इन्टरनेशनल इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको छ । डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ । ३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ ।



Author

थप समाचार
x