कर्पोरेट

केएल टावरमा भ्याली एक्सप्रेसको छैठौँ शाखा

इकागज |
भदौ ९, २०७८ बुधबार १८:३९ बजे

काठमाडौं- काठमाडौको चावहिलमा रहेको  ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा खुलेको छ । स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट  ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरू भएको हो । 

भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको भ्याली ग्रूपका प्रवन्ध निर्देशक बाबुराजा रावलले जानकारी दिए । 


नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामग्री उत्पादन गर्ने  लक्ष्यमा साथ र सहयोगको अपेक्षा गरेको रावलले बताए । 

सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापारको उदेश्यले २०४१ मा स्थापित भ्याली कोल्ड स्टोर प्रा लि (भ्याली ग्रूप) ३१ वर्षपछि फाष्टफुडको ब्यापारमा प्रवेश गरेको थियो । 

प्रारम्भमा मासुजन्य व्यापारको उदेश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकिकृत रूपमा सञ्चालन गरिरहेको छ । 

भ्याली ग्रूपमा अहिले मासुजन्य व्यापारसंग सम्वन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरू, ह्याचरी उद्योगहरू, आधुनिक वधशाला र फाष्ट फुड चेनहरू सञ्चालनमा छन् ।

उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलव्ध गराउंदै आएको भ्याली ग्रूप अन्तराष्ट्रिय मापदण्ड कायम गर्दै शहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरिय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउन भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ बर्ष अघि प्रवेश गरेको थियो ।

चितवनमा परिक्षणका रूपमा ६ वर्ष अगाडि शुरू भएको भ्याली एम्सप्रेसप्रति उपभोक्ताहरूको उत्साहजनक प्रतिकृया पाएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेको रावलले बताए । बालाजु नयाँबजारमा भ्यालीले आफ्नै परिसरमा दोश्रो शाखाको स्थापना गरी बजारीकरण शुरू गरेको थियो । 


Author

थप समाचार
x