कर्पोरेट

एसियन कंक्रिटोका उत्पादन नेपालमा पनि सुरु

इकागज |
भदौ १७, २०७८ बिहीबार १०:५८ बजे

काठमाडौं– एसिएन कंक्रिटो नेपाली बजारमा प्रवेश गरेको छ । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामाग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटोले नेपालमा पनि आफ्नो उत्पादन सुरू गरेको छ ।

गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएपछि मापदण्डअनुसार आफ्नो उत्पादन सुरू गरको हो । भारत तथा युरोपियन बजारमा निर्माणजन्य विभिन्न सामाग्री उत्पादन गर्दै आइरहेको कम्पनीले अब नेपालमा पनि निर्माण सामग्री उत्पादन गर्ने अध्यक्ष मनिष रुगंटाले जानकारी दिए ।


'नेपालमा निर्माण सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले यूरोपियन तथा भारतीय मापदण्डलाई अनुसरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौँ', अध्यक्ष रुगंटाले भने, 'अब नेपालमा पनि सोहि मापदण्डमा निर्माण सामाग्री उत्पादन गर्नेछौँ ।' उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको छ । यसमध्ये इन्टरलक ब्लक र कर्ब स्टोन ८०, ८५ प्रतिशत सडकपेटीमा प्रयोग हुँदै आएका छन् ।


Author

थप समाचार
x