कर्पोरेट

राजेश हमाल लिटमस केबलको ब्राण्ड एम्बेसडर

इकागज |
भदौ २६, २०७८ शनिबार ११:२५ बजे

काठमाडौं- लिटमस केबलको ब्राण्ड एम्बसडरमा महानायक राजेश हमाल तथा मधु भट्टराई नियुक्त गरेको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरूको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र महानायक राजेश हमाल तथा मधु भट्टराई हमाललाई ब्राण्ड एम्बेसरडको रूपमा नियुक्त गरेको छ । दुई वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा हमाल दम्पतीको उपस्थिति देखिने छ।

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै  जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ ।


“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडि हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरूको अवलोकन एवं जानकारी हासिल गर्‍यौं । वास्तवमै यस्तो जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं,' राजेश हमालको भनाइ थियो । 

'कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको' कुरा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री रोहित गुप्ताले बताए ।


Author

थप समाचार
x