कर्पोरेट

सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

मिस्डकलमार्फत बत्तीको बिल तिर्न सकिने

इकागज |
भदौ ३१, २०७८ बिहीबार १२:३१ बजे

काठमाडौँ - सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । वाणिज्य बैंकहरूले मुद्दतीमा दिने यो ब्याज सबैभन्दा धेरै हो। संस्थागततर्फ पनि एक वर्ष बढी अवधिको लागि बैंकले १० प्रतिशत ब्याज दिने भएको छ। सो बैंकले मुद्दतीमा दिने न्यूनतम ब्याजदर नै ९.१० प्रतिशत छ।   

त्यस्तै बैंकले आफ्ना सबै बचत खातावालाहरूलाई स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ । बैंकमा खाता भएका ग्राहकले एक लाखसम्मको स्वास्थ्य बीमा (चिकित्सा र ओपीडी खर्चसहित) र ५ लाख सम्मको आकस्मिक दुर्घटना बिमा पाउने बैंकले जनाएको छ।


डिजिटल बैंकिङमार्फत सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई मिस्डकलमार्फत नेपाल विद्युत प्राधिकरणको बिल तिर्नसक्ने सुविधा सुरु गरेको छ । मिस्डकलमार्फत बत्तिको बिल तिर्ने सुविधा नेपालमै पहिलो भएको बैंकले जनाएको छ ।


Author

थप समाचार
x