कर्पोरेट

सानिमा बैंकको दसैँ विशेष योजना

इकागज |
असोज ३, २०७८ आइतवार ११:५ बजे

काठमाडौँ - सानिमा बैंकले दशैंको अवसरमा ग्राहकहरुको लागि विशेष दसैँ बम्पर योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागू भएको योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशत सम्म उच्च ब्याजदर मासिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकमा खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।बचत खातामा ५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिनुका जनाएको छ । दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख सम्मको दुर्घटना रहेको छ । सानिमा बैंकमा अनलाइनबाट समेत खाता खोल्न सकिने बैंकले जनाएको छ ।



Author

थप समाचार
x