कर्पोरेट

भृकुटीमण्डपमा टिभिएस् ग्राण्ड दसैँ एक्सचेन्ज मेला

इकागज |
असोज ३, २०७८ आइतवार ११:२० बजे

काठमाडौं- नेपालका लागि टिभिएस् मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आयोजना  गरेको छ । मेला असोज १ गतेबाट ६ गते सम्म चल्ने छ ।

यस मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरसँग टिभिएसको नयाँ मोटरसाइकल वा बाइक साट्न सक्ने टिभिएसले जनाएको छ । मेलामा ग्रहाकको कुनै पनि स्कुटर वा बाइकको बजार मूल्यभन्दा १० हजार थप मुल्य दिने जनाएको छ ।


नयाँ सवारी खरिद नगरी १ लाख सम्म र खरिदपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्ने जगदम्बा मोटर्सले जनाएको छ । नयाँ सवारी किन्न इच्छुक ग्राहकले टिभिएसको वेबसाइटमा गएर प्रि बुकिङ्ग गर्नु पर्ने जगदम्बाले जनाएको छ । प्रि बुकिङ्ग गर्ने ग्राहकलाई २ हजार बराबरको उपहारको व्यबस्था गरिएको जगदम्बा मोटर्सले जनाएको छ ।


Author

थप समाचार
x