कर्पोरेट

संविधान दिवसमा टेलिकमको डाटा प्याक

इकागज |
असोज ३, २०७८ आइतबार १४:१२ बजे

काठमाडौं- नेपाल टेलिकमले संविधान दिवसको उपलक्ष्यमा नयाँ डाटा प्याक ल्याएको छ । १५ रुपैयाँमा एक सय एमबी डाटा किन्दा थप एक सय एमबी डाटा बोनस दिएको छ । ६० रुपैयाँको ५ सय एमबी डाटा किन्दा थप ५ सय एमबी बोनस दिने भएको छ । असोज २ गते देखि ४ गतेसम्म  *१४१५*१*९# डायल गरि डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमको मोबाइल एप्लिकेशनबाट समेत डाटा प्याक खरिद गर्न सकिने टेलिकमले जनाएको छ । यो डाटा प्याक टुजी तथा फोर्जी दुवै नेटवोर्कमा प्रयोग गर्न मिल्छ । टेलिकमले विभिन्न चाड पर्वमा नयाँ डाटा प्याकहरू ल्याउने  गरेको छ ।



Author

थप समाचार
x