कर्पोरेट

कामना सेवा विकास बैंकले ल्यायो एनआरएन बचत योजना

इकागज |
असोज ४, २०७८ सोमबार १५:२८ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले एनआरएन बचत योजना ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली तथा नेपालमा रहेका उनीहरूको परिवार लक्षित गरेर एनआरएन बचत योजना ल्याएको बैंकले जनाएको छ । यस योजनामा ७ प्रतिशतसम्मको उच्च ब्याजदर रहेको बैंकले जनाएको छ । साथै मुद्दती निक्षेपमा थप ०.५ प्रतिशत ब्याज दिने जनाएको छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणाली मार्फत पठाएको रकम यस खातामा जम्मा गर्न सकिने जनाएको छ । खाता खोल्दा निशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङको सुविधा रहेको बैंकले जनाएको छ ।



Author

थप समाचार
x