कर्पोरेट

सानिमाको ढोलाहिटीमा नयाँ शाखा

इकागज |
असोज ५, २०७८ मंगलबार १३:३४ बजे

काठमाडौं सानिमा बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ढोलाहिटीमा बैंकको नया शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्रधक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन । त्यसैगरी शाखा बिस्तार गरेसंगै बैंकका ग्राहकहरुले सहज र सरल रुपमा बैंकिङ पहुच पराउने विश्वास स्थानियले गरेका छन् । सो अवसरमा मह जोडीले सानिमा बैंकले निरन्तर प्रगति गर्दै नयाँ शाखा खोलेकोमा हार्दिक बधाई दिएका थिए ।


बैंकले एक शाखा कार्यालय थपेसंगै देशभर १०५ शाखा कार्यालय र ९६ वटा एटिएमबाट निरन्तर सेवा सुविधा दिदै आइरहेको छ ।


Author

थप समाचार
x