कर्पोरेट

'दा मिलानो'मा दशैं अफर

इकागज |
असोज ६, २०७८ बुधवार ११:१२ बजे

काठमाडौँ– विश्वविख्यात इटालियन फेसन ब्राण्ड ‘दा मिलानो इटालिया’ ले दशैंतिहारको अवसरमा छुटसहितको ‘फेस्टिभल अफर’ सार्वजनिक गरेको छ । ब्राण्डेड सामानहरू बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुप अन्तर्गतको ‘दा मिलानो इटालिया’ र ‘रोसो ब्रुनेलो’ले  पनि दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।

दशैंतिहारलाई लक्षित गर्दै विभिन्न कम्पनी तथा ब्राण्डहरूले उपभोक्ताहरूका लागि विभिन्न अफरहरू सार्वजनिक गरिरहेका छन् । यसैबीचमा यी दुई ब्राण्डले आफ्ना सामानहरूलाई ५० प्रतिशतसम्मको छुटमा बिक्री गरिरहेको हो । 


‘दा मिलानो’का उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा  पर्दै आएको स्टोर प्रमुख ग्रेशा खड्का बताउँछिन् । उनका अनुसार, दा मिलानोको उत्पादनमा लाइफटाइम वारेन्टी हुने गरेको छ  । 

‘दशैंतिहारको अवसरमा धेरै नेपालीले नयाँ सामान खरिद गर्नुहुन्छ । चाडपर्वका समयमा ल्याइएको यो अफरमा अहिले ग्राहक आकर्षित भएका छन्,’ उनी भन्छिन्, ‘ग्राहकलार्य सुविधा प्रदान गर्ने उद्देश्यले ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ ।’ दा मिलानो पुरुष तथा महिलाको ह्याण्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, वालेट, ट्राभल लगेज लगायतका उत्पादनका लागि प्रसिद्ध छ  ।

यस्तै रोसो ब्रुनेलो पुरुष र महिला दुवैका लागि आवश्यक छाला (लेदर)का जुत्ताका लागि चर्चित छ । दा मिलानो इटालिया र रोसो ब्रुनेलोको शोरुम दरबारमार्ग क्यापिटल महलको ग्राउण्ड फ्लोरमा छ । त्यहाँ पुगेर ग्राहकले आफूलाई मन परेका सामानहरू विषेश छुटमा लिन सक्ने खड्का बताउँछिन् । 

ब्राण्डेड सामानका पारखीहरूका लागि यो उत्कृष्ट अवसर र विकल्प भएको स्टोर प्रमुख खड्काको दाबी छ । ‘जसले यी ब्राण्डहरूका ब्राण्डेड उत्पादनहरूलाई नजिकबाट नियाल्नुभएको छ, उहाँहरूका लागि यो एक उत्कृष्ट अवसर र विकल्प हो, चाडपर्वको अवसरमा विषेश छुटमा यी उत्पादनहरू उहाँहरूले लिन सक्नेछन्,’ उनले भनिन् । 

आफ्नो अनुकुलता अनुसार बिहान १०ः३० बजेदेखि बेलुका ८ बजेसम्म ब्राण्डको कार्यालयमा पुगेर सामान खरिद सकिने खड्काको भनाई छ । 
विगतका वर्षहरूमा पनि यो अफर लागू हुने गरेको थियो ।  असोज १ गतेदेखि चलिरहेको यो अफर ३५ दिनसम्म चल्नेछ । अफर शुरू भएको केही दिनमा नै ग्राहकहरूको भीड लाग्ने गरेको उनी सुनाउँछिन् । 

उनी भन्छिन्,‘दिउँसो पानी परेको समयमा चाहिँ ग्राहकहरू कम आउँछन्, नत्र प्रायजसो भीड नै हुने गरेको छ, अझै विषेश गरी साँझ बढी बिक्री हुन्छ ।’ 


Author

थप समाचार
x