कर्पोरेट

नबिल दिगो बैंकिङ अन्तर्क्रिया कार्यक्रम सम्पन्न

इकागज |
असोज ६, २०७८ बुधवार १४:४३ बजे

काठमाडौँ-  नबिल बैंक र नेपाल उद्योग परिसंघ–वुमन लिडरसिप फोरमले महिला उद्यमीहरूको लागि नबिल दिगो बैंकिङ्ग र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रया कार्यक्रम गरेको छ । कार्यक्रममा नबिल बैंकले महिला उद्यमशिलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रममा सीएनआई–डब्लुएलएफ संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ्ग तथा अन्य महिला केन्द्रित कार्यक्रमको प्रशंसा गर्दै महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् । साथै उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिएकी थिइन् । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ्ग मार्फत बैंकले उद्यमशीलताका विकास तथा वित्तीय पहुँचलाई गाउँगाउँमा पुर्‍याएर उद्यमीहरूको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य बैंकले लिएको बताए ।


सीएनआई–डब्लुएलएफका सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङ्गलाई सबै महिलाहरूमा पुर्याउन सहयोग गर्ने बताइन् । नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको हो । 


Author

थप समाचार
x