कर्पोरेट

सिद्धार्थ बैँकद्वारा जोन्टा क्लबलाई सहयोग

इकागज |
असोज ७, २०७८ बिहीबार १९:५८ बजे

काठमाडौँ -  सिद्धार्थ बैँकले जोन्टा क्लब ठमाडौँलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्लबलाई ४ लाख ९७ हजार २ सयको रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने क्लबले जनाएकव छ ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेँलले जोन्टा क्लब काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई सो रकम बराबरको चेक हसतान्तरण गरे । जोन्टा काठमाडौंले हिंसापीडित महिलालाई सहयोग गर्न विभिन्न साझेदारसँग काम गरिरहेको क्लबले जनाएको छ ।



Author

थप समाचार
x