कर्पोरेट

सानिमाको 'बिग डिल एट सस्तो डिल' योजना

इकागज |
असोज ९, २०७८ शनिबार ११:५९ बजे

काठमाडौँ- दसैंको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा २५ सय रूपैयाँसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ । 

योजना अवधिभर सहभागी हुने ग्राहकलाई 'फस्ट कम फस्ट सर्भिस'को  आधारमा छुट प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ। यो योजना असोज १५ सम्म सञ्चालनमा रहनेछ।


हाल बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।


Author

थप समाचार
x