कर्पोरेट

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग एनसेलको साथमा आजबाट

इकागज |
असोज ९, २०७८ शनिवार १२:१ बजे

काठमाडौँ- नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ (आज) शनिबारबाट शुरु भएको छ ।

नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्दछ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आबद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।


आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ । हालको सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ ।

छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएको छ । पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । “नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,” उनले भने ।

यो घरेलु लिगले शुभचिन्तक, मिडिया, क्रिकेट एसोसिएसनबाट मात्र नभएर कर्पोरेट क्षेत्रबाट पनि राम्रो साथ पाउँदै आएको छ ।


Author

थप समाचार
x