सानीमाको दसैं धमाका योजना
काठमाडौँ- सानीमा बैंकले दसैंको अवसरमा दसैं धमाका योजना ल्याएको छ । अनलाइन सपिङ साइट दराजसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिड कार्ड प्रयोग गर्दा विशेष छुट पाउने छन् ।
योजना अन्तर्गत दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा २ हजार छुट पाउने बैंकले जनाएको छ । क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा २५ सयसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना असोज १० गतेबाट १८ गतेसम्म उपलब्ध हुने छ ।
बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई मासिक किस्ताबन्दी सुविधा लिदा ५ सयसम्म क्यास ब्याक प्रदान गर्दै आएको जनाएको छ । योजना असोज १ गतेदेखि ३० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया