नेपाललाई रेड जोनबाट हटाउन सरकारले पहल गर्नुपर्छ : हान
काठमाडौं- होटल एसोसिएसन नेपाल (हान)ले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउनका लागि पहल गर्न सरकारसँग माग गरेको छ। हानले विश्व पर्यटन दिवसका अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाललाई रेड जोनबाट हटाउन माग गरेको हो ।
हानले सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८को शीघ्र कार्यान्वयनको माग पनि गरेको छ। अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गर्न हानले माग गरेको छ।
साथै निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता सरकारी निर्णयकाे हानले स्वागत गरेको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया