आइएमईको डबल योजनामा दुई जनाले पाए पठाइएको रकमको दोब्बर
काठमाडौँ- आइएमईले चाडपर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिकमा केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् । गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो ।
संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा रकम पठाउँदा पठाएको रकमको दोब्बर रकम आफन्तले पाएका छन् । आइएमईले सार्वजनिक गरेको चाडपर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ सम्म सञ्चालन हुने आइएमईले जनाएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने आइएमईले जनाएको छ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २ सय थप बोनसको व्यवस्था रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया