दशैंमा कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट
काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।
चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् । सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २,००० सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २,५०० सम्मको छुट पाउनेछन् ।
सो सहमति पश्चात् कुमारी बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन । यस अनिश्चितताकाबीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया