रियलमीको टीयूभी राइनल्याण्ड सर्टिफीकेट प्राप्त पहिलो फोन सी २१ वाई सार्वजनिक
काठमाडौं– स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेटप्राप्त पहिलो स्मार्टफोन सी २१ वाई सार्वजनिक गरेको छ।
उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ। यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन्। यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएमओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ। रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन हो।
रातमा उत्कृष्ट तस्विरकालागि सुपर नाइटस्केप मोडसहितको एआई त्रिपल क्यामेरा
रियलमी सी २१ वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ जसले चार गुणासम्म जुमगर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि काम गर्छ।
फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न सक्ने क्षमता यस फोनमा रहेको छ । पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्ने कम्पनीले जनाएको छ। ब्राइटनेस र कलरले फराकिलो दायरामाउत्कृष्ट स्क्रिन कन्ट्रास्ट सुविधा दिएको छ ।
सेल्फी क्यामेराले ट्रेन्डसेटिङ्ग फोटो ग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर समेत रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया