कर्पोरेट

ज्येष्ठ नागरिकका लागि एनसेलको निःशुल्क सिममा विशेष योजना

इकागज |
असोज १६, २०७८ शनिबार १७:३६ बजे

काठमाडौँ– एनसेल आजियाटा लिमिटेड एनसेल प्राइभेट लिमिटेड ले ज्येष्ठ नागरिकका  लागि बन्डल अफरहरु सहितको आकर्षक निःशुल्क सिम योजना संचालनमा ल्याएको छ । 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रबारबाट संचालनमा ल्याईएको यस योजना अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको  सिम निःशुल्क पाइने एनसेलले जनाएको छ । साथै ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाईने सेवा, सुविधाहरुको फाइदा लिन सक्नेछन् ।


यो योजना अन्तर्गत पहिलो ५० रुपैयाँ वा सो भन्दा बढिको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्ज पछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवाको सुविधा रहको छ । ग्राहकले विशेष छुट अन्तर्गत १ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा,  १ रुपैयाँ प्रति एमबीमा डेटा सेवा र १.९९ रुपैयाँ प्रति मिनेटमा भारतमा कल गर्न सक्छन् ।

यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० रुपैयाँ देखि ९९ रुपैयाँ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसिमा रहेको २०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै १०० रुपैयाँ देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनस बापत ५०० एमबी डेटा पाउँछन् । २०० रुपैयाँ वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाईने यी डेटाहरु ७ दिनको लागि मान्य रहने बताइएको छ ।

ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिम कार्ड लिई सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गते सम्म संचालनमा रहने एनसेलले जनाएको छ ।

यस योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट सम्पर्कमा रहन सहयोग पुग्ने एनसेलले उल्लेख गरेको छ ।


Author

थप समाचार
x